सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली आज रातिबाट हट्दै

सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली आज रातिबाट हट्दै

२०७८, माघ १४ शुक्रवार

  • 841
    SHARES

  • सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली आज रातिबाट हट्दै

    काठामाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर-विजोर प्राणली हट्ने भएको छ । ।

    शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोर-विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

    निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ ।

    सो निर्णय आज मध्यरातिबाट नै लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।

    यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

    कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो ।

    यस्तै विद्यालय, रात्रीकालिन व्यवसाय र फिल्म हल पनि माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय पनि भएको छ ।

    २०७८, माघ १४ शुक्रवार०९:५६:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार