जेठभित्र स्थानीय निर्वाचन गर्न गठबन्धन सहमत

जेठभित्र स्थानीय निर्वाचन गर्न गठबन्धन सहमत

२०७८, माघ १६ आइतवार

  • 773
    SHARES

  • जेठभित्र स्थानीय निर्वाचन गर्न गठबन्धन सहमत

    काठमाडौँ । सत्तारुढ दलहरूबिच आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

    शनिवार दुईपटक बसेको पाँच दलीय उच्चस्तरीय समितिको बैठकले स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिनेसँगै संविधानसँग बाझिएका निर्वाचन ऐनरकानुनलाई आवश्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने निर्णयसमेत गरेको छ।

    साथै देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन तथा लोकतान्त्रिक मूल्य अनुरूप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिबद्ध रहेको नेताहरूले जनाएका छन् ।

    २०७८, माघ १६ आइतवार०७:५५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार