एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल

एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल

२०७८, माघ १८ मंगलवार

  • 953
    SHARES

  • एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका तर्फबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा पेस गर्ने बताएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ। 

    प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचनमा हाल सत्तामा रहेका दलहरूसँग गठबन्धन कायम राख्ने तर चालु अधिवेशनमा एमसिसी संसद्मा पेस गर्ने जनाएपछि खटपट सुरु भएको हो। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    ‘गठबन्धन कामय राखौं, एमसिसी संसद्मा टेबुल गरौं भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अलमलमा पर्नुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँहरूले सार्वजनिक खपतका लागि अहिले पास हुँदैन चाहिँ भन्नुभएको छ।

    यथार्थमा चुनावी गठबन्धन कायमै राख्न एमसिसी संसद्मा लैजान उहाँहरू सहमत हुनुभएको छ।’ तर दाहाल र नेपाल भने गठबन्धन कायम राख्ने नाममा एमसिसीको सौदाबाजी गर्न खोजेको भन्दै त्यसबाट उम्किन खोजिरहेका छन्।

    ‘गठबन्धन कायम राख्ने कि एमसिसी पास गर्ने भन्नेजस्तो कुरा आएपछि काँग्रेसले सौदाबाजी गरेको आभास भएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने।

    एमसिसीको मामिलामा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने समान धारणा बनाएका छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्नुपर्ने प्रस्ताव गरेका दुवै पार्टी गठबन्धन कायम राख्ने कि एमसिसीबाट बाहिर निस्कने भन्ने दोधारमा छन्।

    २०७८, माघ १८ मंगलवार०८:१४:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार