आयोगको प्रस्ताव : जेठ ४ मा स्थानीय निर्वाचन, चुनावअघि सबै मतदातालाई खोप

आयोगको प्रस्ताव : जेठ ४ मा स्थानीय निर्वाचन, चुनावअघि सबै मतदातालाई खोप

२०७८, माघ १९ बुधवार

  • 813
    SHARES

  • आयोगको प्रस्ताव : जेठ ४ मा स्थानीय निर्वाचन, चुनावअघि सबै मतदातालाई खोप

    काठमाडौँ । निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

    निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा लिखित प्रस्ताव पेस गरेका हुन् । छलफलमा आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्ने समझदारी बनेको बताइएको छ ।

    आयोगले निर्वाचनका लागि अनुमानित १२ अर्ब खर्च लाग्ने पनि उल्लेख गरेको छ । त्यस्तै कोभिड सङ्क्रमणप्रति सजग रहँदै स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेसमेत आयोगको प्रस्तावमा उल्लेख रहेको छ ।

    आयोगले निर्वाचनअघि सबै मतदाताले खोप लगाएको सुनिश्चित गरिनुपर्ने समेत जनाएको छ ।

    २०७८, माघ १९ बुधवार०७:१७:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार