जोरबिजोर प्रणाली आजदेखि हट्दै 

जोरबिजोर प्रणाली आजदेखि हट्दै 

२०७८, माघ २४ सोमवार

  • 709
    SHARES

  • जोरबिजोर प्रणाली आजदेखि हट्दै 

    काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली आज सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । 

    केन्द्रको आइतवारको बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरूसमेत सञ्चालन गर्न सिफारिस गरेको छ । सोही दिनदेखि रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई सिफारिस गरिएको प्रवक्ता केन्द्रका प्रवक्ता सुनिता नेपालले राससलाई बताइन् । 

    डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्ने आवश्यक व्यवस्थाका लागि गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरिएको उनले जानकारी दिइन् ।  

    २०७८, माघ २४ सोमवार०७:३९:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार