एमसिसी टार्न सभामुखले गरे संसद् बैठक स्थगित

एमसिसी टार्न सभामुखले गरे संसद् बैठक स्थगित

२०७८, माघ २६ बुधवार

  • 1.1K
    SHARES

  • एमसिसी टार्न सभामुखले गरे संसद् बैठक स्थगित

    काठमाडौं । सरकारले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बुधबारको संसद् बैठकमा टेबुल गर्ने तयारी गरिरहेका बेला मंगलबार राति नै बैठक स्थगित गरिएको छ। बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो।

    एमसिसीका कारण प्रतिनिधिसभा बैठक ६ पटक स्थगित भएको छ। यसअघि १६ गते बोलाइएको बैठक पनि १५ गते राति स्थगित गरी २६ गते बुधबारका लागि बोलाइएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    एमसिसी विवादका कारण स्थगित भए पनि अघिल्लो पटक कोरोनालाई कारण देखाइएको थियो, यसपटक ‘विशेष कारणबस’ स्थगित भनिएको छ।

    बुधबार १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची बाहिर ल्याइसकिएको थियो। जसमा थारु आयोगको तेस्रोवार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसदको निधनप्रति शोकप्रस्ताव पारित गर्ने विषय समावेश थियो।

    एमसिसी संसद्मा टेबुल गर्ने विषय कार्यसूचीमा राख्ने–नराख्ने निर्णय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक बस्नु २ घण्टाअघि बुधबार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । मंगलबार दिउँसो कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख सापकोटालाई भेटेर बुधबारको संसद् बैठकमा एमसिसी टेबुल गर्ने बताएका थिए । 

    २०७८, माघ २६ बुधवार०८:१३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार