कोरोना अपडेट : थप १३६९ जनामा संक्रमण, १२ को मृत्यु

कोरोना अपडेट : थप १३६९ जनामा संक्रमण, १२ को मृत्यु

२०७८, माघ २७ बिहिवार

  • 985
    SHARES

  • कोरोना अपडेट : थप १३६९ जनामा संक्रमण, १२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षणमा ३५६ गरी जम्मा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार २३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३० हजार ६०७ जना छन् । 

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ भने यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।

    यसैगरी काठमाडौं जिल्लामा २३५ जना, ललितपुरमा ६४ जना र भक्तपुरमा ३० जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

    २०७८, माघ २७ बिहिवार०५:३१:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार