वैशाख २९ सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने

वैशाख २९ सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने

२०७८, माघ २९ शनिवार

  • 1.6K
    SHARES

  • वैशाख २९ सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने

    काठमाडौँ । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । 

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    मन्त्रिपरिषद्ले माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको थियो । सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि नै आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

    ऐनले कहिलेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्ति मतदान गर्न पाउने मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिएको छ ।

    मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ६ ले निर्वाचन आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक मतदाता हुने व्यवस्था उल्लेख गरेको छ ।

    २०७८, माघ २९ शनिवार०७:५०:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार