कोरोना अपडेट : थप ८३६ जनामा संक्रमण, ४ जनाको मृत्यु

कोरोना अपडेट : थप ८३६ जनामा संक्रमण, ४ जनाको मृत्यु

२०७८, माघ २९ शनिवार

  • 721
    SHARES

  • कोरोना अपडेट : थप ८३६ जनामा संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या घटेर १ हजार भन्दा तल झरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २६० पीसीआर परीक्षणमा ४९१ जना र २ हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन् भने १ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा १६६ जना, ललितपुरमा ३१ जना र भक्तपुरमा १० जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

    २०७८, माघ २९ शनिवार०६:०१:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार