प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, जबरा चोलेन्द्र निलम्बनमा

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, जबरा चोलेन्द्र निलम्बनमा

२०७८, फाल्गुण १ आइतवार

  • 973
    SHARES

  • प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, जबरा चोलेन्द्र निलम्बनमा

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । आज सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले प्रस्ताव दर्ता गराएका हुन् ।

    प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आइतबार बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिए। जबराविरूद्धको महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए।

    ‘अहिले हामी सभामुखको कार्यकक्षमा छौं,’ उनले भने।

    महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन्। संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा पर्छन्।

    मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।

    केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए । नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ।

    २०७८, फाल्गुण १ आइतवार१२:०७:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार