आज सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै

आज सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै

२०७८, फाल्गुण २ सोमवार

  • 953
    SHARES

  • आज सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै

    काठमाडौँ । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाबारे छलफल गर्न सभामुखले बैठक बोलाएका हुन् ।

    सभामुखको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बोलाइएको हो ।

    बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

    २०७८, फाल्गुण २ सोमवार०७:३४:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार