काठमाडौं । स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् ।
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेकाले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाहरुले पनि भोट हाल्न पाउने बताए ।