प्रतिनिधिसभाको बैठक बस्दै, के टेबल होला एमसीसी ?

प्रतिनिधिसभाको बैठक बस्दै, के टेबल होला एमसीसी ?

२०७८, फाल्गुण ४ बुधवार

  • 1.0K
    SHARES

  • प्रतिनिधिसभाको बैठक बस्दै, के टेबल होला एमसीसी ?

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

    आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिएको छ । 

    सत्ताधारी दल नेपाली कांग्रेसका नेताहरुले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् । नेपाली कांग्रेसको हिजो बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए ।

    मंगलबारकै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता डा. प्रकाशशरण महतले आजको बैठकमा एमसीसी टेबल हुने बताएका थिए ।

    संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । त्यसमा पनि संसद् बैठकका कार्यसूचीलगायत विषयमा छलफल हुनेछ ।

    २०७८, फाल्गुण ४ बुधवार०७:५२:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार