प्रचण्डसँगको छलफलपछि बोलाइयो गठबन्धनको बैठक, बैठक भोलि ३ बजे

प्रचण्डसँगको छलफलपछि बोलाइयो गठबन्धनको बैठक, बैठक भोलि ३ बजे

२०७८, फाल्गुण ४ बुधवार

  • 1.6K
    SHARES

  • प्रचण्डसँगको छलफलपछि बोलाइयो गठबन्धनको बैठक, बैठक भोलि ३ बजे

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । 

    देउवा र दाहालबीचको छलफल भर्खरै सकिएको हो । माओवादी संसदीय दलको निश्कर्ष सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । सरकारले एमसीसी टेबुल गरे सरकार छाड्ने निश्कर्षमा केन्द्र पुगेको हो ।

    प्रचण्डले पार्टी निर्णय सुनाएपछि प्रधानमन्त्री देउवा गठबन्धनको बैठक बोलाउने निश्कर्षमा पुगेका हुन् । 

    बैठक भोलि ३ बजे बस्ने स्रोतले जनायो । 

    २०७८, फाल्गुण ४ बुधवार१२:३७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार