आज संसदमा एमसीसी टेबल नहुने

आज संसदमा एमसीसी टेबल नहुने

२०७८, फाल्गुण ४ बुधवार

  • 1.9K
    SHARES

  • आज संसदमा एमसीसी टेबल नहुने

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।

    प्रचण्ड सचिवालयका अनुसार एमसीसीका विषयमा साझा धारणा तय गर्न भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।

    माओवादी केन्द्र संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । माओवादी केन्द्रले एमसीसी जबरजस्ती अघि बढाउन खोजे सरकार छाड्ने चेतावनी दिएको छ ।

    २०७८, फाल्गुण ४ बुधवार१२:४६:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार