कोरोना अपडेट : थप ५७० जनामा संक्रमण, ६ जनाको मृत्‍यु

कोरोना अपडेट : थप ५७० जनामा संक्रमण, ६ जनाको मृत्‍यु

२०७८, फाल्गुण ५ बिहिवार

  • 749
    SHARES

  • कोरोना अपडेट : थप ५७० जनामा संक्रमण, ६ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २८ जनानाको पीसीआर परीक्षणमा ३६४ जना र २ हजार ७६१ जनाको एन्टीजेन परीक्षणमा २०६ गरी जम्मा ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् । 

    यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्‍यु भएको छ भने नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।

    यस्तै काठमाडौं उपत्यकामा थप १९९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौमा १६२ जना, ललितपुरमा २५ जना र भक्तपुरका १२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    २०७८, फाल्गुण ५ बिहिवार०५:४९:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार