एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै 

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै 

२०७८, फाल्गुण ६ शुक्रवार

  • 645
    SHARES

  • एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै 

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज शुक्रबार पुनः बस्ने भएको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा विहिवार साँझ बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजोको बैठक समाप्त भएको हो ।

    हिजोको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए । 

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गर्नुभएको मन्त्री कार्कीले जानकारी दिए । 

    २०७८, फाल्गुण ६ शुक्रवार०७:३५:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार