प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबल अनिश्चित

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबल अनिश्चित

२०७८, फाल्गुण ६ शुक्रवार

  • 1.2K
    SHARES

  • प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबल अनिश्चित

    काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

    बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आशंका गरिएको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी शुक्रवार (आज) टेबुल गर्ने जनाए पनि सहयात्री दलले सहमति जनाईसकेका छैनन् । 

    सहमतिको प्रयासका लागि बिहान ९ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । (बिहिवार) हिजो बसेको गठबन्धनको बैठक निष्कर्ष विहीन भएको थियो ।

    २०७८, फाल्गुण ६ शुक्रवार०८:५१:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार