कोरोना अपडेट : थप ४३७ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेट : थप ४३७ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७८, फाल्गुण ६ शुक्रवार

  • 1.6K
    SHARES

  • कोरोना अपडेट : थप ४३७ जनामा संक्रमण, २ जनाको मृत्यु

    काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षणमा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ४५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको मन्त्रालयले जनाएको छ ।

    २०७८, फाल्गुण ६ शुक्रवार०५:१७:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार