काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।
सत्ता गठबन्धनको बैठक आजै बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।