एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने गठबन्धनको निर्णय 

एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने गठबन्धनको निर्णय 

२०७८, फाल्गुण ८ आइतवार

  • 853
    SHARES

  • एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने गठबन्धनको निर्णय 

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस हुने भएको छ ।  

    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् ।

    उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।

    'यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ ? यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’, आक्रोशित हुँदै खनालले भनेका छन् । 

    आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।

    नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले दिएको समयसिमा फागुन १६ गते सकिँदैछ । 

    २०७८, फाल्गुण ८ आइतवार११:३९:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार