अर्थमन्त्री जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित, प्रबक्ता कार्कीद्धारा एमसीसी टेबुल

अर्थमन्त्री जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित, प्रबक्ता कार्कीद्धारा एमसीसी टेबुल

२०७८, फाल्गुण ८ आइतवार

  • 1.0K
    SHARES

  • अर्थमन्त्री जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित, प्रबक्ता कार्कीद्धारा एमसीसी टेबुल

    काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित भएका छन् ।

    संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् । शर्मा अनुपस्थित भएपछि सरकारका प्रबक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा टेबुल गरेका छन् । 

    शर्माको सचिवालयका अनुसार उनी बिरामी परेर घरमै आराम गरिरहेका छन् । 

    २०७८, फाल्गुण ८ आइतवार०२:२५:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार