कोरोना अपडेट : थप २६२ जनामा संक्रमण, ४ जनाको मृत्‍यु

कोरोना अपडेट : थप २६२ जनामा संक्रमण, ४ जनाको मृत्‍यु

२०७८, फाल्गुण ८ आइतवार

  • 829
    SHARES

  • कोरोना अपडेट : थप २६२ जनामा संक्रमण, ४ जनाको मृत्‍यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षणमा २२९ जना र ३ हजार २४३ जनाको एन्टीजेन परीक्षणमा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ साथै ९ लाख ५१ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।

    यसैगरी काठमाडौं उपत्यकामा थप ९३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौंका ८० जना, ललितपुरका १२ जना र भक्तपुरका १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    २०७८, फाल्गुण ८ आइतवार०५:१८:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार