घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

२०७८, फाल्गुण ९ सोमवार

  • 697
    SHARES

  • घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

    काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् ।

    अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिएका छन् ।

    सो विज्ञप्तिमा उनले आफ्नो पार्टीले सुरुदेखि नै एमसिसी सम्झौताको विरोध गर्दै आएको पनि स्पष्ट गरेका छन् ।

    २०७८, फाल्गुण ९ सोमवार०३:३८:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार