मधेस प्रदेशसभाको बैठक आज बस्दै,सङ्कल्प प्रस्तावमाथि छलफल हुने

मधेस प्रदेशसभाको बैठक आज बस्दै,सङ्कल्प प्रस्तावमाथि छलफल हुने

२०७८, फाल्गुण १० मंगलवार

  • 717
    SHARES

  • मधेस प्रदेशसभाको बैठक आज बस्दै,सङ्कल्प प्रस्तावमाथि छलफल हुने

    जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।
     
    प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ 

    गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए ।

    सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रीना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए ।

     

    २०७८, फाल्गुण १० मंगलवार०८:४२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार