मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

२०७८, फाल्गुण १० मंगलवार

  • 933
    SHARES

  • मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

    काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो ।

    आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए ।

    मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

    २०७८, फाल्गुण १० मंगलवार०८:५१:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार