जनकपुरधाम । मधेस प्रदेशसभा बैठक स्थगित भएको छ ।
आज दिउँसो २ बजे बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।
आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो ।
स्रोतका अनुसार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि सो बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो ।