गठबन्धनले दोहोरो चरित्र देखायो : गोकर्ण विष्ट

गठबन्धनले दोहोरो चरित्र देखायो : गोकर्ण विष्ट

२०७८, फाल्गुण १० मंगलवार

  • 1.1K
    SHARES

  • गठबन्धनले दोहोरो चरित्र देखायो : गोकर्ण विष्ट

    गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसी संसद्‌मा टेबल गरेर सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको बताएका छन् ।

    सचिव विष्टले आज गृह जिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गर्दै एकातिर एमसीसी संसद्‌‌मा पेस गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाउने काम गरिरहेको बताए ।

    उनले एकातिर सत्ता गठबन्धनका मन्त्रीहरूले भोट हाल्न पाउने तर अर्कोतिर सांसदले बहिष्कार गरे झैँ गरी नाटक मञ्चन गरेको बताए ।

    नेता विष्टले भने‚ ‘सत्ता गठबन्धनमा भएका मन्त्रीहरूले भोट हाल्न पाउने रे, तर सांसदहरूले बहिष्कार गर्ने रे, यो कस्तो नाटक प्रदर्शन हो रु सांसदले बहिष्कार गरेर हामी त फरक मान्यतामा थियौँ भन्ने सन्देश दिने तर मन्त्रीहरूले भोट हालेर सत्ता गठबन्धन र मन्त्री पद जोगाउने ।’

    नेता विष्टले दुनियाँमा कतै नभएको संसदीय अभ्यास नेपालमा भइरहेको भन्दै कुनै पनि समस्याहरूलाई नेकपा एमालेले जनताको हितमा फैसला गर्ने बताए । उनले राष्ट्रियताका सवालमा जनताको मतलाई एमालेले शिरोधार्य गरेर अगाडि बढ्नेसमेत बताए ।

    २०७८, फाल्गुण १० मंगलवार०४:५९:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार