काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षणमा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षणमा १७७ जना गरी कुल ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म ९ लाख ५३ हजार ४३० जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ हजार ७४७ जना संक्रिय संक्रमित छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९२८ पुगेको मन्त्रालयले जनाएको छ ।