कांग्रेस पदाधिकारी बैठक : भ्रातृसंघ संस्थाको विधानमाथि छलफल हुने

कांग्रेस पदाधिकारी बैठक : भ्रातृसंघ संस्थाको विधानमाथि छलफल हुने

२०७८, फाल्गुण ११ बुधवार

  • 941
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक  : भ्रातृसंघ  संस्थाको विधानमाथि छलफल हुने

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

    उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ । केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । 

    केही दिनदेखि जारी छलफलमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघको विधानमाथि छलफल गरेर सुझाव दिने नेता साउदले बताए । ‘मेरो नेतृत्वको समितिले तयार पारेको विधानको ड्राफ्टमथि छलफल गरेर विधानको रूपमा पारित भइसकेको छ, सोही विधानलाई पार्टी पदाधिकारीले अध्ययन गरेर सुझाव दिने काम भइरहेको छ,’ नेता साउदले  भने ।

    नेपाली कांग्रेसले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गर्न विधान तयार पारेर पदाधिकारी बैठकमा छलफल भइरहको छ ।

    पार्टीको १४औ महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संघको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ ।

    २०७८, फाल्गुण ११ बुधवार०२:०१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार