संसदमा बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेस सांसदहरुलाई ‘ह्वीप’ जारी

संसदमा बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेस सांसदहरुलाई ‘ह्वीप’ जारी

२०७८, फाल्गुण ११ बुधवार

  • 861
    SHARES

  • संसदमा बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेस सांसदहरुलाई ‘ह्वीप’  जारी

    काठमाडौँ – नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

    संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन्।

    सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन्।

    ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ। तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ’, भुसालले भनिन्।

    हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन्। तीमध्ये दुईजना निलम्बित छन्। सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन्।

    कांग्रेस एमसीसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन्। 

     

    २०७८, फाल्गुण ११ बुधवार०२:१५:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार