राष्ट्रपति र प्रधानमन्त्रीद्वारा गायक लामाको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा गायक लामाको निधनप्रति दुःख व्यक्त

२०७८, फाल्गुण ११ बुधवार

  • 829
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीद्वारा गायक लामाको निधनप्रति दुःख व्यक्त

    काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    उहाँले आज ट्विट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्व लामाप्रति उहाँले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

    यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्विट गर्दै गायक लामाको असामयिक निधनबाट मुलुकले गीतसङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गरेका छन् । उनले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

    गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।

    २०७८, फाल्गुण ११ बुधवार०२:२०:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार