कोरोना अपडेट : थप ३१२ जनामा संक्रमण, २ जनाको मृत्यु

कोरोना अपडेट : थप ३१२ जनामा संक्रमण, २ जनाको मृत्यु

२०७८, फाल्गुण ११ बुधवार

  • 809
    SHARES

  • कोरोना अपडेट : थप ३१२ जनामा संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको पीसीआर परीक्षणमा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन परीक्षणमा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

    हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् भने आज बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको मन्त्रालयले जनाएको छ ।

    २०७८, फाल्गुण ११ बुधवार०५:२०:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार