राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२०७८, फाल्गुण ११ बुधवार

  • 825
    SHARES

  • राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युवा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि कोलम्बियाका राजदूत मारिना पचेको मोन्टे, क्युवाका अलेजन्द्रो सिमानकास मरिन र कजाखस्थानका नुरलान झलगास्बयाभले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

    सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     

    २०७८, फाल्गुण ११ बुधवार०८:२५:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार