कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

२०७८, फाल्गुण १२ बिहिवार

  • 713
    SHARES

  • कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

    काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् भनेका छन् ।

    जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले बताए, “ देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।”

    देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिए। उनले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गरे ।

    कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि आफू र मन्त्रालयका तर्फबाट पनि पहल हुने मन्त्री आलेले आश्वासन पनि दिए ।

    २०७८, फाल्गुण १२ बिहिवार०३:०९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार