काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो ।
जसमा ५ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १५१ जना र २ हजार २३५ जनाको एन्टीजेन परीक्षणमा १६७ जना गरी जम्मा ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।