संसद् बैठक बस्दै, एमसीसी छलफलको कार्यसूचीमा 

संसद् बैठक बस्दै, एमसीसी छलफलको कार्यसूचीमा 

२०७८, फाल्गुण १३ शुक्रवार

  • 645
    SHARES

  • संसद् बैठक बस्दै, एमसीसी छलफलको कार्यसूचीमा 

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने तय छ । 

    अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफलका लागि बैठक बोलाईएको हो । 

    बिहीबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

    गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो ।

    बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आजका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

    २०७८, फाल्गुण १३ शुक्रवार०७:४५:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार