विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

२०७८, फाल्गुण १३ शुक्रवार

  • 737
    SHARES

  • विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

    काठमाण्डौ । गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

    गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

    सो सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायका सम्बन्धमा अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

    उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेश गरिसक्नुपर्नेछ । यही फागुन ९ गते एक व्यक्ति पासपोर्ट र भिसा बिना नै जहाजसम्म पुगेका थिए ।

    २०७८, फाल्गुण १३ शुक्रवार०२:४३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार