वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

२०७८, फाल्गुण १३ शुक्रवार

  • 993
    SHARES

  • वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

    उनका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् ।

    सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो । सरकारले पीसीआर परीक्षणको शुल्क रु ८०० तोेकेको छ ।

    २०७८, फाल्गुण १३ शुक्रवार०२:४७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार