कोरोना अपडेट :  थप १११ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

कोरोना अपडेट :  थप १११ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

२०७८, फाल्गुण १५ आइतवार

  • 681
    SHARES

  • कोरोना अपडेट :  थप १११ जनामा सङ्क्रमण, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पीसीआर परीक्षणमा ९४ जना र ३ हजार २२४ जनाको एन्टीजेन परीक्षणमा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    २४ घण्टामा ४ सय १५ जना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमण मुक्त हुनेको दर ९७.९ प्रतिशत रहेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३५ पुगेको मन्त्रालयले जनाएको छ ।

     

     

    २०७८, फाल्गुण १५ आइतवार०५:३०:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार