थपिए १८० कोरोना संक्रमित, १ को मृत्यु

थपिए १८० कोरोना संक्रमित, १ को मृत्यु

२०७८, फाल्गुण १६ सोमवार

  • 593
    SHARES

  • थपिए १८० कोरोना संक्रमित, १ को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

    यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ।

    सोमबार ४०० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन्।

    गत २४ घन्टामा ५ हजार २१८ पीसीआर तथा ३ हजार १२३ एन्टिजेन परीक्षण भएको छ।

    २०७८, फाल्गुण १६ सोमवार०३:५३:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार