संसद बैठक बस्दै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने  

संसद बैठक बस्दै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने  

२०७८, फाल्गुण १८ बुधवार

  • 781
    SHARES

  • संसद बैठक बस्दै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने  

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौं अधिवेशनको ९ औं बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।

    २०७८, फाल्गुण १८ बुधवार०७:१०:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार