भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७८, फाल्गुण १८ बुधवार

  • 1.1K
    SHARES

  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ ।

    यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

    “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

    bida-2.jpg

    २०७८, फाल्गुण १८ बुधवार०३:४९:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार