कार्की कामु प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास भोलिदेखि फेरि बस्ने

कार्की कामु प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास भोलिदेखि फेरि बस्ने

२०७८, फाल्गुण १९ बिहिवार

  • 1.3K
    SHARES

  • कार्की कामु प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास भोलिदेखि फेरि बस्ने

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ ।

    जबरामाथि महाभियोग दर्ता भएसँग वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने जानकारी दिए ।

    लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक इजलासमा विचाराधीन विवादको न्यायनिरुपण हुन सकेको छैन । गतवर्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षताको संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

    केही दिनअघि प्रधानन्यायाधीश जबराको महाभियोग विरुद्ध परेको रिट निवेदन समेत सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको छ ।

    २०७८, फाल्गुण १९ बिहिवार०६:५३:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार