काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४८ पीसीआर तथा २ हजार ४७६ एन्टिजेन परीक्षण भएको छ।
कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने देशभर ७ हजार ५१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।