आजबाट निवर्तमान हुँदै यी २० राष्ट्रियसभा सांसद 

आजबाट निवर्तमान हुँदै यी २० राष्ट्रियसभा सांसद 

२०७८, फाल्गुण २० शुक्रवार

  • 829
    SHARES

  • आजबाट निवर्तमान हुँदै यी २० राष्ट्रियसभा सांसद 

    काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदको पदावधि आजबाट सकिँदैछ।

    २०७४ सालमा निर्वाचित भएपछि गोलाप्रथाका क्रममा चार वर्षे कार्यकालमा परेका २० जना सांसदको पदावधि आजबाट सकिने भएको हो। रिक्त पदका लागि २० जना सांसद निर्वाचित भइसकेका छन्।

    आजबाट बिदा हुने सांसदहरुमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन्।

    कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी राष्ट्रिसभाबाट बाहिरिँदैछन्।

    नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशिकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ।

    नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ। मनोनीत सांसद रामनारायण विडारी पनि राष्ट्रियसभाबाट आजै बिदा हुनेछन्।

    २०७८, फाल्गुण २० शुक्रवार०८:४१:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार