पाँच महिनापछि सर्वोच्चमा आज संवैधानिक इजलास बस्दै

पाँच महिनापछि सर्वोच्चमा आज संवैधानिक इजलास बस्दै

२०७८, फाल्गुण २० शुक्रवार

  • 841
    SHARES

  • पाँच महिनापछि सर्वोच्चमा आज संवैधानिक इजलास बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतमा पाँच महिनापछि आज शुक्रवार संवैधानिक इजलास बस्ने भएको छ । संवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो ।

    सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रवार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधवार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

    यसअघि प्रधानन्यायाधीश चन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन ।

    १ फागुनमा जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबिचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।

    २०७८, फाल्गुण २० शुक्रवार०८:४६:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार