मतदाता नामावलीमा दाबी–विरोध आजदेखि, आफ्नो नाम यसरी हेर्नुहोस्

मतदाता नामावलीमा दाबी–विरोध आजदेखि, आफ्नो नाम यसरी हेर्नुहोस्

२०७८, फाल्गुण २० शुक्रवार

  • 1.1K
    SHARES

  • मतदाता नामावलीमा दाबी–विरोध आजदेखि, आफ्नो नाम यसरी हेर्नुहोस्

    काठमाडौं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

    यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनले जनाए ।

    ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी–विरोधका लागि निवेदन दिन सकिने र सोही आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

    २०७७ पुस ०५ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको अन्तिम मतदाता नामावली यहाँ क्लिक गरेर आवश्यक विवरण भरि हेर्न सकिनेछ । 

    २०७८, फाल्गुण २० शुक्रवार०८:५३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार