कोरोना अपडेट : थप १२६ जनामा संक्रमण, १ जनाको मृत्‍यु

कोरोना अपडेट : थप १२६ जनामा संक्रमण, १ जनाको मृत्‍यु

२०७८, फाल्गुण २० शुक्रवार

  • 837
    SHARES

  • कोरोना अपडेट : थप १२६ जनामा संक्रमण, १ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षणमा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् । 

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५ जना कोरोना संक्रमित थपिएका छन्।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ।

     

    २०७८, फाल्गुण २० शुक्रवार०४:१५:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार