सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा

सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा

२०७८, फाल्गुण २१ शनिवार

  • 897
    SHARES

  • सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

    नेपाली काँग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

    ‘सङ्घीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको छ,’ उनले भने ।

    प्रधानमन्त्री देउवाले मुलुक सङ्घीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा देखिएका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

    २०७८, फाल्गुण २१ शनिवार०१:३६:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार